खगेन्द्र दाहाल, नेपालगन्ज ।
राधा ४ र राम धानको विउ खरीद गर्न भारतिय किसानहरु नेपालगन्ज धाउन थालेका छन । समयमै धानको विउ राख्न किसानलाई यो समय भ्याई नभ्याइ हुन्छ । विउ नपाइन सक्छ भनेर किसानहरु विउको जोहो गर्न लागिपरेका छन ।
हाइव्रिड धान रोप्दै आएका किसानहरु गर्मि र डुवान सहने, उत्पादन राम्रो हुने जात नेपालमा पाइने भएपछि यस तर्फ भारतिय किसानहरुको अभिरुचि बढेको हो । सिमावर्ति बहराइच जिल्ला आसपासका किसानहरु भारतमा राधा ४ र राम धान नपाइने हुदाँ नेपालगन्ज बाटै खरिद गरेर लैजाने गरेका छन । भारतका केहि एग्रोभेटमा पाइएपनि नेपालगन्ज भन्दा महङ्गगो पर्नेहुदा अधिकाश किसान नेपालगन्जका एग्रोभेटबाट धान खरीद गर्ने गरेका हुन ।
सिजनको समयमा दिनहुँ २ सय बढि भारतिय किसानहरु नेपालमा राम्रो उत्पादन दिदै आएको र किसानले मनपराएको राधा चार र राम धान जातको विउ खोजि खोजि लैजाने गरेको नेपालगन्ज धम्बोझीमा रहेको तिवारी एग्रो सिडस्का सन्चालक विनोद तिवारीले जानकारी दिए । अन्य हाइव्रिड जातका धानका विउ विजन भारतबाट भित्रिने भएपनि बाँके बर्दिया लगाएतका क्षेत्रमा फस्टाएको गर्मि सहन सक्ने मोटोमा राधा ४ र मध्यममा राम धान भारत उत्तरप्रदेशका विभिन्न जिल्ला सम्मका किसानले रुचाएका छन ।
धानको विउ राख्ने समय हुनै लाग्दा भारतिय किसानहरु विउ विजन खरीद गर्न नेपालगन्ज सम्म समुह बनाएरै आउने गरेका छन । बहराइच, नबावगञ्ज, रुपैडिहा, सिपुरा लगाएतका स्थानबाट व्यापारीहरु समेत नेपालगन्ज बाट विउ विजन खरीद गरेर लैजाने तिवारीले बताए ।
No comments:
Post a Comment