Thursday, May 31, 2018

अण्डा उत्पादन गरेर मासिक चार लाख आम्दानी




गेहेन्द्र प्रसाद शर्मा
खगेन्द्र दाहाल   
             
           बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँका ४९ वर्षिय गेहेन्द्र प्रसाद शर्मा छोराछोरीलाई गुणस्तरीय शिक्षा दिनकै लागी कमाई गर्न ६ वर्ष सम्म विदेशिय । ओमानमा हेल्परको रुपमा काम गरेका गेहेन्द्रलाई घर फर्किएपछि भने फेरी विदेश जान मन लागेन । उनले ओमानमा ४० देखि ४५ हजार मासिक कमाई गर्थे । विदेशबाट कमाई गरेर ल्याएको केहि पैसा छोराछोरीलाई पढाउनमा खर्च गरे, केहि कुखुराको खोर निर्माण गर्न । गेहेन्द्रले छोरालाई इन्जिनियर पढाएका छन् । छोरा गोपालप्रसाद शर्माले पनि अहिले सिन्धुपाल्चोकमा जागीरे छन । अहिले कुखुराले राम्रो अण्डा दिइरहेको र त्यसबाट आर्थिक आम्दानी पनि सन्तोषजनक रहेको कृषक शर्माले बताए । कुखुरा पालनको कुनै अनुभव नहँुदा पनि गेहेन्द्रले करिव डेढ वर्ष अघि सुरु गरेका व्यवसायिक कुखुरापालन फष्टाउदै गएको छ । बेला बेलामा पशु चिकित्सकसगँ कुखुराको विषयमा सल्लाह लिदै अघि बढेको गेहेन्द्र वताउछन् । सफल वन्नका लागी लगन र मेहेनत चाहिने गेहेन्द्र वताउछन् ।
गेहेन्द्र प्रसाद शर्मा
अब विदेश नजाने घरमै बसेर कुखुरा पालन गरेरै बस्ने योजना रहेको उनले बताए । ‘विदेशमा भन्दा घरमै राम्रो आम्दानी भैरहेको छ’ कृषक गेहेन्द्रले भने –‘विदेशमा गएर पनि काम नै हो गर्ने बसेर खान कसैले दिदैन । यहाँ आफ्नो घर परिवारसगं बसेर काम गर्नुको मजा बेग्लै हुन्छ ।’ 
अहिले एक दिनमै छ पेटि सम्म अण्डा उत्पादन भैरहेको उनले जानकारी दिए । ‘एक दिनमा १३ हजार २ सय रुपैया बराबरको अण्डा विक्रि गर्ने गरेको छु’ कृषक शर्माले खुसी व्यक्त गर्दै भने । यसरी हेर्ने हो भने कृषक गेहेन्द्रले एक महिनाको अवधिमा करीव चार लाख आम्दानी गर्ने गरेका छन् । ‘छोराले कमाउने भन्दा बढि अहिले घरमै बसेर मैले कमाइ गरीरहेको छु’ गेहेन्द्रले भने ।
गेहेन्द्र प्रसाद शर्मा

 उनले आफुमात्र नभएर गाउँका २ जना स्थानियलाई समेत आफ्नो कुखुरा फार्ममा रोजगारी दिएका छन् । स्थानिय सरकार गाउँमै आएपछि आफु लगाएत अन्य कृषकको हक हितमा काम हुनेमा आसाबादि छन् । चार लाख घरमै बसेर कमाउदै आएका खजुराका कृषक गेहेन्द्र अन्य युवाहरुलाई पनि विदेश भन्दा गाउँघरमै व्यवसायिक कृषिमा लाग्न अनुरोध गर्छन ।

Wednesday, May 30, 2018

कृषिमा सफल गेहेन्द्र


कृषक गेहेन्द्र

                                         गेहेन्द्रले आफुले जानेको सल्लाह सुझाव घरमै पुगेर दिने गरेका छन । कृषि प्रतिको लगाव र मेहेनतले आफुलाई चिनाउन सफल भएका धितालले गरेको कृषि कर्मको अवलोकन गर्न विभिन्न स्थान बाट कृषकहरु आउने र ज्ञान लिएर जाने गरेका छन ।


         
खगेन्द्र दाहाल 
। 
नेपालगन्ज  

       बाँके सितापुर ३ का गेहेन्द्र प्रसाद धितालले २०५६ सालमा ६० हजारमा १० कठ्ठा जग्गा किने । जग्गा किनेको एक  वर्ष भित्रमै उक्त जग्गामा तरकारी खेती गरेर उनले ७० हजार कमाउन सफल भए ।
     तरकारी खेतीबाट जग्गाको मुल्य उठेपछि धिताललाई तरकारी खेतीबाट मनग्य आम्दानी गर्न सकिने कुरा थाहा भयो । त्यसपछि उनले  तरकारी खेतीलाई बिस्तार गर्दै लगे ।  तरकारी खेतीबाटै आएको पैसाले उनले १ बिगाह जग्गा अरु थपे । हाल धितालले डेढ बिगाहमा तरकारी खेती गरेर वार्षिक पाच लाख सम्मको आम्दानी गर्दै आएका छन् । उनले एक बिगाहमा टमाटर खेती गरेका छन् भने अरु जग्गामा बन्दागोपी, ब्रो काउली, फर्सी लगाएतका मौसमी तथा  बेमौसमी तरकारी खेती गर्दै आएका छन् । एक सिजन अर्थात ६ महिनामा टमाटर मात्र २ सय  क्विन्टल उत्पादन गर्ने  उनले बताए ।


१५ वर्ष भयो उनले तरकारी खेतीलाई व्यवसायीक रुपमा अघि बढाएको ।  । हालसम्म तरकारी खेतीको बारेमा उनले कुनै तालिम लिएका छैनन् । उनले स्वअध्ययन रुपमा व्यवसायिक तरकारी खेतीलाई अघि बढाएका छन । कृषक धितालले पहिले शुरुमा तरकारी खेती गर्दा उनका छिमेकिहरु कसैले व्यवसायिक रुपमा तरकारी खेती गरेका थिएनन । जव उनले तरकारी खेतीमा व्यवसायिक रुपमा लागेर  राम्रो आम्दानि गर्न थाले त्यसपछि त्यहि देखेर थुप्रै कृषकहरु पनि व्यवसायिक बनेका छन । उनका छिमेकि समेत अहिले व्यवसायिक तरकारी खेती गर्ने गरेका छन ।

गेहेन्द्रले आफुले जानेको सल्लाह सुझाव घरमै पुगेर दिने गरेका छन । कृषि प्रतिको लगाव र मेहेनतले आफुलाई चिनाउन सफल भएका धितालले गरेको कृषि कर्मको अवलोकन गर्न विभिन्न स्थान बाट कृषकहरु आउने र ज्ञान लिएर जाने गरेका छन ।

 कपास विकास समितीमा खरीदार पदको जागिर छाडेर व्यवसायिक तरकारी खेतीमा लागेका धिताललाई जागिर छाडेको कुनै पछुतो छैन । हाल उनि लालिगुरास तरकारी खेती कृषक समुहका कोषाधक्ष्य समेत रहेका छन । ७ जनाको परिवार लाई  सन्तुष्ट राख्न सफल भएका कृषक धिताल भन्छन्, ‘मेरो हात पाउ चल्दा सम्म मैले व्यवसायिक तरकारी खेतीलाई निरन्तरता दिन्छु’ । तरकारी सगै उनले कागती आँप लिचि लगाएतका फलफुल आफ्नो बारीमा उत्पादन गर्दै आएका छन । एस एल सि पास गरेका उनि ५९ वर्षका भए । छोरा छोरीलाई उनले राम्रो शिक्षा दिक्षा दिएका छन । घरमा आफु र श्रीमति मिलेर तरकारी गर्दै आएका उनले बेला बखतमा थप कामदार राख्ने गरेका छन । उनको बारीमा उत्पादन हुने तरकारी तथा फलफुल नेपालन्ज लगाएतको क्षेत्रमा खपत हुने गरेको छ ।

तरकारी खेतीबाटै लखपति


खगेन्द्र दाहाल 
नेपालगञ्ज / घरमा खान लाउन मुस्किल हुँदा दिनहँु मजदुरी गरेर साँझ विहानको छाक टारे । १० जनाको परिवारलाई मजदुरी गरेर खान मात्र ठिक्क हुन्थ्यो ।  चाड पर्व आउँदा मिठो मसिनो खाने र राम्रो लुगा लगाउने रहर मनमै हराएर जाने गर्दथ्यो ।  यो परिस्थिति २०६८ साल अघिको हो, बाँके बनकटुवा पेडारीका भागिरथ थारुको । पहिले र अहिलेको कथामा आकाश पातालको फरक छ ।

     तरकारी हाट बजारमा उनले ल्याएको तरकारी लिन हारालुस हुन्छ । अर्गानिक तरिकाले उत्पादन गरेका कृषक भागिरथले ३ कट्ठा क्षेत्रफलमा ९ वटा टनेल निर्माण गरी करेला, ४ कट्ठामा टमाटर, ३ कट्ठामा खुर्सानी, ३ कट्ठामा फुलगोभी, १ कट्ठामा मुला ४ वटा टनेलमा लौका र काँक्रो लगाएका छन । मजदुरी गरेर ल्याएको पैसाले घर खर्च चलाउनै कठिन भएपछि उनले तरकारी खेती गर्न थालेका हुन् । उनले एकै वर्षमा यति धेरै तरकारी लगाउन सक्ने भएका भने होइनन् । व्यवसायिक तरकारी खेतीमा अग्रणी देखिएका भागिरथले शुरुमा ५ कट्ठा क्षेत्रफलमा टमाटर, गोभी र खुर्सानी खेती गरेर तरकारी खेतीमा व्यवसायीकरण शुरु गरेका हुन् । अहिले कृषक भागिरथले १ विगाह क्षेत्रफलमा मौसमी र बेमौसमी तरकारी खेती गर्छन् । उनी गाउँकै अगुवा कृषकका रुपमा आफूलाई चिनाउन सफल छन् ।
होलसेलमा तरकारी विक्रि गर्ने गरेका भागिरथले करेला ६० रुपैयाँ किलो देखि २० रुपैया सम्म विक्रि गरिरहेका छन् ।



टनेल माथि करेला र तल टमाटर लगाएका भागिरथले यसबाट दोहोरो फाइदा लिने बताए ।  उनले अहिले खेती गरिरहेको १ विगाह क्षेत्रफललाई बढाएर थप १० कट्ठा क्षेत्रफलमा तरकारी लगाउने योजना बनाएका छन् । थप गर्न लागेको जमिनलाई उनले ‘लिज’मा लिएका छन् ।

करेलाबाटै उनले मासिक ५० हजार बढी आम्दानी गरिरहेका छन् । धेरै प्रकारका तरकारी खेती गर्ने कृषक भागिरथले बार्षिक १० लाखसम्म आर्थिक आम्दानी गर्ने गरेको बताए । गत वर्ष पनि १४ वटा टनेलमा करेला लगाएका उनले १ सय क्वीन्टल विक्रि गरेका थिए । 

“अहिले पनि तरकारी लगाउने स्थान बढाउँदैछु,” उनले भने—“१० जनाको परिवारलाई खर्च गरेर बचत गर्न पुगेको छ ।” तरकारी उत्पादन गरेरै उनले पल्सर मोटरसाइकल, तरकारी ढुवानी गर्ने इलेक्ट्रिक रिक्सा, पावर टेलर खरिद गरेका छन् । उनले तरकारी विक्रि गरेरै घरछेउँमै केही जमिन खरिद समेत गरेका छन् । पक्की घर निर्माण गर्नका लागि जग समेत उनले हालिसकेका छन् । कृषक भागिरथले तरकारी विक्रिबाट आएको आम्दानीले घरका ४ जनाको जीवन विमा समेत गरेका छन् । उनले आफू सहित आफ्नो दुई श्रीमती र बुहारीको जीवन विमा गराएका छन् । जीवन विमा गर्दा बुझाउने रकम समेत उनले तरकारी विक्रिबाटै तिर्छन् ।

ग्रामिण किसानका सवाल




 खगेन्द्र दाहाल 
नेपालगञ्ज  /  शहरी भेगका किसानहरु आधुनीक कृषि औजार र विभिन्न संयन्त्रहरुको प्रयोग गरि कृषि पेसा अपनाइ रहेका छन् तर ग्रामिण भेगका किसानहरु उहि परम्परागत पाराले कृषि पेशा गरीहेका छन् । कृषकले मेहनत अनुसारको उत्पादन गर्न सकेका छैनन् । शहरका किसान टेक्टरले खेत वारी जोत्दा गाउँका किसान हलगोरुले पसिना वगाई खेतीपाती गरीरहेका हुन्छन् । मेहनत उत्तिकै हुन्छ तर राम्रो विउ र प्रयाप्त मलको अभाव, सिचाइ नहुनु लगाएतका समस्याले उत्पादनमा कमी हुने गर्छ ।

ग्रामिण स्तर सम्म कृषि सडकको विकास हुन नसक्दा पनि कृषकले आफ्नो क्षमतालाई फराकिलो बनाउन सकिरहेका छैनन् ।


      अधिकास किसान परम्परागत तबरले खेती गर्छन । अझ भनौ ग्रामिण स्तरका किसानले आधुनिक खेती भनेको के हो भन्ने नै बुझेका छैनन् । त्यहि पुरानो विउ, पुरानै लगाउने तौर तरीका अपनाएका पाइन्छन । जसले गर्दा कृषिमा उत्पादन बढाउन सकिरहेका छैनन् । ग्रामिण स्तरका साना कृषक सम्म कृषि सम्बन्धीत काम गर्ने निकाय पुग्न सकेका छैनन् जसका कारण कृषकको अवस्था ज्युँको त्युँ रहेको पाइन्छ । खाद्य अधिकारमा कृषकको पहुँच पुगिरहेको छैन । साना किसान त्यसमाथि भुमिहिन धेरै छन । खेती किसानि गरेर जिविको पार्जन गर्छु भन्नेहरुलाई आवश्यक जमिन उपलव्ध छैन । वर्षभरी लगाएको खेतीलाई आफैले उपभोग गर्न पाइरहेका छैनन । खुला सिमाना र बाढि पहिरोले गर्दा दिन प्रतिदिन किसानको जमिन ह्रास हुदै आएको पाइन्छ ।
जलवायु परिवर्तनका कारण कृषकले लगाएको खेतीमा वर्षेनी नोक्सानी बेहोर्न परीरहेको छ । खेतीयोग्य जमिनहरु वगर बनिरहेका छन । ग्रामिण स्तर सम्म सिचाई सुविधा पुग्न सकिरहेको छैन । सिचाई मिटर सबै कृषकले नपाउदा थप समस्या बनिरहेको छ । मल विउ भने जस्तो समयमै उपलव्ध भएका पाइदैन । सरकारी अनुदान पनि पहुँचवाला कृषकले मात्र पाइरहेका छन । ग्रामिण स्तरमा रहेका कृषकले जति कृषि जन्य बस्तु उत्पादन गरेपनि त्यसको उपयुक्त बजार र बजारभाउ पाउन सकेका छैनन् ।  ग्रामिण तहमा रहेका कृषकलाई माथि उठाउन सरकारी तथा ग्रैर सरकारी सघं सस्थाहरु कमै मात्रामा लागेका पाईन्छन । सरकारी सेवा सुविधा आएको गएको अत्तो पत्तो हुदैन । कृषकले भनेको बेला कृषि सामाग्री पाउन मुस्कील छ । कृषकले उत्पादन गरेको बस्तुको बजार राम्रो बन्न सकेको छैन । ग्रामिण स्तरमा जाने हो भने उपयुक्त सेवा सुविधा बाट बन्चितहुदाँका कारण जमिन बाझो रहने गरेको छ । कृषकको लागी सहज होस भनेर सरकारले धानको मुल्य खरीद गर्छ तर त्यो ग्रामिण कृषकले महसुस समेत गर्न पाएका छैनन । कृषकले धान व्यापारीलाई विक्रि गरीसकेपछि मात्र सरकारले खरिद मुल्य निर्धारण गर्ने चलन छ ।
ग्रामिण स्तर सम्म कृषि सडकको विकास हुन नसक्दा पनि कृषकले आफ्नो क्षमतालाई फराकिलो बनाउन सकिरहेका छैनन् । सरकारी अनुदान बाट प्राप्त विउ मलमा पनि त्रुटी भैरहदा कृषकले लगाएको बाली फस्टाएका छैनन् । साचिकै ग्रामिण स्तरमा रहेका कृषकलाई पनि कृषि क्षेत्रका सेवा सुविधाहरु पु¥याउन जरुरी छ । शहर मुखी भएको सेवा सुविधाहरु ग्रामिण मुखी हुनुपर्छ । कृषिमा विकास भएको आधुनीकीकरणका वारेमा गाउँका किसानहरुलाइ पनि जानकारी गराउन पर्छ । अनी मात्रै ग्रामीण भेगमा पनि कृषि उत्पादन वढ्छ र किसानहरु कृषि पेशामै आत्म निर्भर हुन सक्छन् ।

Tuesday, May 29, 2018

मेहनतिला बागवान




नेपालगन्ज  पुरैनाका कृषक अतिउल्ला बागवान । उनले २५ कट्ठा क्षेत्रफलमा बन्दा गोपि र काउली लगाएका छन । कृषक बागवानको काउली ३ लाख ५० हजारमा उत्पादन नहुदै व्यापारीले खेत बाटै खरीद गरीसकेका छन ।  बागवानले बन्दा र काउली गरेर उक्त बारीमा ४१ हजार विरुवा रोपेका थिए । जिल्ला कृषि विकास कार्यालय र किसान परीयोजनाले बागवानलाई प्रावधिक सहयोग पु¥याउदै आएको छ ।



धानको विउ खरीद गर्न भारतिय किसान नेपालगन्जमा



खगेन्द्र दाहाल, नेपालगन्ज ।
       राधा ४ र राम धानको विउ खरीद गर्न भारतिय किसानहरु नेपालगन्ज धाउन थालेका छन । समयमै धानको विउ राख्न किसानलाई यो समय भ्याई नभ्याइ हुन्छ । विउ नपाइन सक्छ भनेर किसानहरु विउको जोहो गर्न लागिपरेका छन । 
     हाइव्रिड धान रोप्दै आएका किसानहरु गर्मि र डुवान सहने, उत्पादन राम्रो हुने जात नेपालमा पाइने भएपछि यस तर्फ भारतिय किसानहरुको अभिरुचि बढेको हो । 

सिमावर्ति बहराइच जिल्ला आसपासका किसानहरु भारतमा राधा ४ र राम धान नपाइने हुदाँ नेपालगन्ज बाटै खरिद गरेर लैजाने गरेका छन ।  भारतका केहि एग्रोभेटमा पाइएपनि नेपालगन्ज भन्दा महङ्गगो पर्नेहुदा अधिकाश किसान नेपालगन्जका एग्रोभेटबाट धान खरीद गर्ने गरेका हुन । 


सिजनको समयमा दिनहुँ २ सय बढि भारतिय किसानहरु नेपालमा राम्रो उत्पादन दिदै आएको र  किसानले मनपराएको राधा चार र राम धान जातको विउ खोजि खोजि लैजाने गरेको नेपालगन्ज धम्बोझीमा रहेको तिवारी एग्रो सिडस्का सन्चालक विनोद तिवारीले जानकारी दिए । अन्य हाइव्रिड जातका धानका विउ विजन भारतबाट भित्रिने भएपनि बाँके बर्दिया लगाएतका क्षेत्रमा फस्टाएको गर्मि सहन सक्ने मोटोमा राधा ४ र मध्यममा राम धान भारत उत्तरप्रदेशका विभिन्न जिल्ला सम्मका किसानले रुचाएका छन ।


धानको विउ राख्ने समय हुनै लाग्दा भारतिय किसानहरु विउ विजन खरीद गर्न नेपालगन्ज सम्म समुह बनाएरै आउने गरेका छन । बहराइच, नबावगञ्ज, रुपैडिहा, सिपुरा लगाएतका स्थानबाट व्यापारीहरु समेत नेपालगन्ज बाट विउ विजन खरीद गरेर लैजाने तिवारीले बताए ।