खगेन्द्र दाहाल
नेपालगन्ज २६ जेष्ठ ।
बाँकेका किसानहरुलाई धानको व्याड राख्न भ्याइ नभ्याइ छ । ढिलागरी वर्षा सुरु भएकाले किसानको रोपाइँ पनि ढिला सुरु भएपछि धमाधम व्याड राख्न लागेका हुन । यो बेला किसानहरुलाई विउ विजन जोहो गर्ने चटारो हुन्छ । सिचाई सुविधा भएका किसानहरुले भने धानको व्याड राख्दै छन भने सिचाई नभएका स्थानमा आकासे पानिको भर पर्न पर्ने अवस्था छ । असारको पहिलो हत्ता सम्म धानको व्याड राख्न सकिने कृषि विज्ञहरु बताउछन ।
कृषिमा आधुनिकिकरण गर्ने सरकारको योजना अनुसार कतिपय किसानले आधुनिक प्रविधि अपनायर खेती गरीरहेका छन भने कतिपयले पुरानै तरिकाले धानको व्याड राख्ने गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख कृष्ण बहादुर बस्नेतले जानकारी दिए । जिल्ला कृषि विकास कार्यालय बाँकेका अनुसार हाल सम्म ५० प्रतिशत किसानहरुले धानको व्याड राखीसकेका छन ।
बाँकेमा ३६ हजार ५ सय हेक्टर जमिनमा धान खेती हुने गरेको छ । त्यस मध्ये १५ हजार हेक्टर जमिनमा मात्र सिंचाइँ सुविधा रहेको कृषि विकास कार्यालयले जनाएको छ । बाँकेमा राधा चार, सामा मनसुली, राम, सुख्खा १, २ र ३ लगायतका हाइब्रेड जातको धान खेती गर्ने गरिएको छ ।
No comments:
Post a Comment