खगेन्द्र दाहाल
नेपालगञ्ज / सरकारी जागीर भनेपछि धेरैले मरिहत्ते गर्छन, तर बाँके खजुरा गाउँपालिका १ बेलभार चौधरीपुरका तेज बहादुर थापा आफनो हुदाँ छदाको सरकारी जागीर छाडेर खेतीपातीमै रमाएका छन ।
तेजबहादुरले नेपाल प्रहरीमा साढे ३ वर्ष जागिरे भएर देशको सेवा गरे । जागिरे हुदा सम्म अरुको दबावमा बस्नुपर्ने, आवश्यक परेको समयमा विदा नमिल्ने भएकाले उनलाई सरकारी जागीर देखी मन मर्दे गयो र जागीर छाडेर खेती किसानी गर्न तर्फ लागे । जागिर छाडीसकेपछि कृषक तेजबहादुरले आप्नो पुर्खौली पेसा कृषि पेसालाई अङगाले ।पहिले त तेजबहादुरले आफनो सबै परिवार सगै हुदा ४ विगाह क्षेत्रफल सम्म टमाटर खेती गरे । पछि परिवार छुट्टीएकाले केहि कम लगाउने गरेको भएपनि आफुलाई जिवन धान्न प्रयाप्त हुने गरेको उनले बताए । । उनले व्यवसायिक रुपमा टमाटर खेती मात्र नभएर आपँ खेती समेत गर्ने गरेका छन् ।
टमाटर खेती सगंै आम खेती पनि गर्न भ्याएका उनले साढे ३ विगाहा क्षेत्रफलमा मात्र आपँ लगाएका छन् । दशहरी ,अमरपालीका , लाल गुलाव , चौसा , सबेदा , लङ्गडा र हात्ति पाउ जस्ता आँपका जातहरु कृषक तेजबहादुर थापाको वगैचामा रहेका छन् । आँपको विरुवा लगाएपछि दोहोरो फाईदा मिल्ने भएकाले यो व्यवसाय गरेको थापाले बताए ।
आँपको सानो बोट हुन्जेल विभिन्न बाली , तरकारी खेती लगाउन मिल्ने र आँपको बोट ठुलो भैसकेपछि बेसार , पिडालु लगाउन मिल्ने उनको भनाई छ । आँप सानो छदाँ बार्षिक ३० , ४० हजार आम्दानी दिएको भएपनि ठुलो भैसक्दा उनले ५ वर्ष सम्म बार्षिक डेढ लाखमा ठेकेदारलाई ठेक्का दिएका थिए । फेरी ठेक्का बढाएर बार्षिक २ लाख ५० हजारमा आँप बगैचा बाट बसी बसी आम्दानी दिने गरेका छन । उनि कृषि काम गरेरै रमाएका छन । कृषक तेजबहादुर भन्छन खेती गर्दा मलाई कसैको भनाई सुन्न पद्रैन जहा जतिबेला पनि म जान सक्छु । तरकारी विक्रि गर्न पनि कुनै समस्या छैन बजार नजिक छ । रोग ब्यादी लागेका समयमा पनि कम्तीमा ८५ क्वीन्टल आँप उत्पादन हुने उनको आँप बगैचामा यो पटक पनि रामै उत्पादन भएको छ । खेती किसानी गरेरै आएको आम्दानी बाट ढाइ विगाह जमिन, पक्कि घर, मोटर साइकल इत्यादी जोडेका छन् तेजबहादुरले । विदेश जाने रहर पलाएन भन्ने प्रश्न गर्दा उनले भने ‘पहिले पासपोर्ट बनाएर जान खोजेपनि अब मन लाग्न छाडेको छ, कृषिमै रमाएको छु । ’
No comments:
Post a Comment