नेपालगन्ज ।
नेपालगन्ज उपमाहनगरपालिकाका सडकमा छाडा पशु चौपायाको सङख्या दिन प्रतिदिन बढ्दो छ । पालिका यसलाई नियन्त्रण गर्न असक्षम जस्तै देखिएको छ । निरन्तर छाडा पशु चौपायाका कारण दुर्घटना र सडक वार पार गर्दा समेत मुस्किल पर्ने स्थानिय बताउछन । छाडा रुपमा छाडिएका पशु चौपायालाई बेला बखतमा कान्जि हाउस पु¥याइएको भनियतापनि उक्त क्रम घट्न सकेको छैन । बाख्रायाम सुरु हुनै लाग्दा झनै पशु चौपाया सडकमा देखिन थालेका छन ।
|
नेपालगन्जको सुर्खेतरोडमा रहेको छाडा पशु चौपाया । |
स्थानियका अनुसार दिन प्रतिदिन नेपालगन्जमा छाडा पशु चौपाया बढ्ने क्रम भएको छ । फाट्फुट रुपमा देखिने गरेका चौपायाहरु हिजो आज सडकनै जाम गर्ने गरी भरीएका छन । एकै स्थानमा दर्जन बढि छाडा पशु चौपायाले सडकमा बस्दा हिडडुल गर्नमै समस्या उत्पन्न गरीदिएको नेपालगन्ज २ का सुवास न्यौपानेले बताए । नेपालगन्ज उप माहनगर पालिकाले छाडा पशु चौपाया नियन्त्रण गर्न नसकेको न्यौपानेले गुनासो गरे । नेपालगन्जको धम्बोझी, विपि चौक, पुस्पलाल चौक छेउछाउका सडकमा वढि छाडा पशु चौपायाले समस्या पारेका छन । जताकतै छाडा पशु चौपाया बढेकाले शहरको सुन्दरतालाई समेत विगारेको नेपालगन्ज कारकादोका अरुण घिमिरेले बताए । उनले आफ्नो सवारी साधन चलाउन नेपालगन्जमा मुस्किल पर्न थालेको बताए । नेपालगन्ज सुर्खेतरोडमा मात्र नभएर न्युरोड, पसपार्करोड, सल्यानि बगला, खजुरा रोड जताकतै छाडा पशु चौपायाको विगविगि बढेको छ । अप्पताल क्षेत्रमा झनै छाडा पशुको सङख्या बढ्दै गएको छ । बाँके गाउका प्रकास केसीले लगाएको तरकारी पनि छाडा पशुचौपायाले नोक्सान पारेको बताए । बेला बखतमा छाडा पशु चौपाया हटाएको भनेपनि झनै बढ्दै गएको र त्यसको प्रत्यक्ष असर नेपालगन्ज क्षेत्रका स्थानिलाई पुगेको छ । छाडा पशुलाई बान्जि हाउसमा राखेर केहि दिन पछि छाडिदा पुन शहरमा फर्केर आउदा समस्या जटिल बन्दै गएको हो ।
No comments:
Post a Comment