खगेन्द्र दाहाल
नेपालगन्ज ।
बाँकेमा कृषि पेशालाई व्यवसायिक रुपमा अंगाल्ने र ठुलो लगानी गर्ने क्रम दिनप्रतिदिन बढ्दो छ । कोहि विदेशबाट फर्केर त कोहि जागिर छाडेर भएपनि व्यवसायिक रुपले कृषि क्षेत्रमा संलग्न भइरहेका छन् । तर, तुल बहादुर कंडेल नेपालगन्जमा चल्तीको रेष्टुरेन्ट व्यवसाय छाडेर बाख्रापालनमा लागेका छन । नेपालगन्जको मुटु भनेर चिनिने धम्बोझीमा रहेको हाम्रो मःम, हिलपार्क रेष्टुरेण्ट जस्तो चलेको होटलमा करौडौको व्यापार छाडेर बाख्रा पाल्न थाले भन्दा विश्वास नलाग्ला । तर यो कुरा सत्य हो । त्यहि पहिलेका हाम्रो मःम, हिलपार्क रेष्टुरेण्टका सन्चालक तुल बहादुर कंडेल हिजो आज खजुरा गाँउपालिका वडा नम्बर ३ सिर्जनाटोलमा रहेको हिलपार्क कृषि तथा पशुपालन फार्ममा भेटिन्छन ।
मःम रेष्टुरेण्ट चलाउदा दिनहुँ ४÷५ वटा खसी काट्नुपर्ने र खसिहरुको अभावहुने, लिन पर्दा पनि बुच्चरसगँ लिन पर्ने बाध्यता देखेर बाख्रा पालन तर्फ लागेका कंडेल अहिले पुरा समय बाख्रा फार्ममै खर्च गर्छन । सधै खसि लिनका लागी भारतकै भर पर्न परेपछि कंडेलले नेपालमै खसि उत्पादन गर्न सकिन्छ कि भनेर हाल व्यवसायिक रुपमै बाख्रा पालन गरीरहेका छन । उनिसगँ बाख्रा, खसि, पाठा पाठि गरेर अहिले दुई सय बढि छन । कंडेलले बाख्रा पालनमा दुख हुन्छ भन्ने थाह हुदा हुदै पनि यस व्यवसायमा प्रवेस गरे । धेरै किसानहरुले दुख गरेको देखेका कंडेलले आफु पनि अन्य किसान जस्तै मेहेनत गरेर बस्न चाहेको बताए । पैसा नै कमाउछु भनेर आफु बाख्रा पालनमा नलागेको भएपनि विस्तारै यसमा पनि राम्रो आर्थिक आम्दानी हुनेमा ढुक्क भएको तुलबहादुरले बताए ।
स्वदेशमै बसेर पसिना बगाएर काम गर्नेहो भने राम्रो कमाई गर्न सकिन्छ भन्ने उदाहरण दिन सफल हुदैछन तुलबहादुर । होटल सन्चालन गरेर सम्पन्न भएको देखिएतापनि मानसिक तनाब धेरै हुने हुदा बाख्रा पालनमा सन्तुष्टि मिल्ने गरेको कंडेलले बताए । होटल चलाउदाका बेला कंडेललाई सुगर, युरीएसिड, खुट्टामा हिडडुल गर्नमै समस्या आएपछि शारीरीक परिश्रम पनि आवश्यक रहेछ भन्ने लागेर कृषि पेसा रोज्ने निधो गरेरै बाख्रा पालन सुरु गरेको बताउछन । बाख्रा पालन सुरु गर्नु अधि १ सय ६ केजि तौल रहेको तुलबहादुरको अहिले घटेर ८६ केजीमा झरेका छन । कंडेलले बाख्रा सगै खजुरामा हिलपार्क कटेज एण्ड रेष्टुरेन्ट पनि सगसगै लगेका छन । रेष्टुरेन्टमा आफ्नो फार्ममा उत्पादन भएका खसि, लोकल कुखुरा, हाँस लगाएत खपत गर्ने गरेका छन ।
कृषि पैसामै बाकि जिवन विताउने योजना सहित बाख्रा पालन गरीरहेका कंडेलले ५ हजार बाख्राको माउ पाल्ने योजना सहित सुरु गरेको सुनाए । बाख्रा पालन गर्नकै लागी उनले झण्डै २० विगाह जमिन भाडामा समेत लिएर घाँस खेती गरीरहेका छन । बाँकेमै सबैभन्दा ठुलो लगानीमा बाख्रा पालन गरीरहेका कंडेलले देशकै ठुलो बाख्रा पालन फार्म बनाउने लक्ष्य राखेका छन । हाल उनले पालेको बाख्राको लागी प्रतिदिन पाँच क्विइटल घाँस आवश्यक पर्ने भएकाले कृषक कडेल विहान साझ घाँसकै प्रवन्ध गर्नमा लागीपरेका हुन्छन । उनले पालेका अधिकाश बाख्रालाई विमा गरीएको छ । बाख्रा पालन सगै हाँस लाई पनि वृद्धि गरी गरी हासको मासुको मागलाई पुर्ति गर्ने गरी काम गरीरहेको छु कृषक कंडेलले बताए । खजुरा क्षेत्रमा पर्यटकिय कृषि फार्म बनाएर आन्तरीक पर्यटक भित्राउने कृषक कडेलले योजना रहेको सुनाए ।
No comments:
Post a Comment